|
२०८२ भाद्र २५
धादिङ । धादिङ जिल्ला कारागारमा बुधबार दिउँसो उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जना कैदीबन्दीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१२ का ३६ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्।
जिल्ला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विजयराज सुवेदीका अनुसार कैदीबन्दीहरूले बिहान ९ बजेदेखि जेलभित्र नाराबाजी, तोडफोड र आगजनी गरेका थिए।
उनीहरूले जेलको ताला फोड्दै भाग्ने प्रयास गर्दा सेनाले दिउँसो २:३० बजे गोली चलाएको थियो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्