कुनै पनि प्रकारको अखाद्य वस्तु बिक्री भएमा उजुरी गर्न विभागको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १९

१९ वैशाख, काठमाडौं । कोरोना महामारीको मौका पारेर अखाद्य वस्तुको बिक्री वितरण गरिएको पाइएमा उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

हालको कठिन परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना मार्फत उपभोक्तालाई जानकारी गरेको हो । ‘विषम परिस्थितिमा अखाद्य वस्तुको बिक्री वितरण तथा राहत वितरण हुन सक्छ, त्यसरी बिक्री भएको खाद्यान्नमा कुनै कैफियत वा अखाद्य वस्तुको आशंका लागे तत्काल सम्पर्क गर्न विभाग अनुरोध गर्दछ,’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि उपलब्ध गराएको छ । विभागको केन्द्रीय कार्यालय बबरमहल तथा देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपभोक्ताले सम्पर्क गर्न सक्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *