पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ११

काठमाण्डौँ । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया गएका थिए ।

अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *