काठमाडौँ — महाकुलुङ गाउँपालिकाले राजधानीमा बसोबास गरिरहेका नागरिकहरूलाई लक्षित गर्दै २२ गतेदेखि सुरु गरेको प्रशासनिक घुम्ती सेवा शिविरबाट आजै सयौँले सेवा लिएका छन्। शिविर २४ गतेसम्म गोकर्णेश्वर–६, शेर्पा पार्टी प्यालेसमा सञ्चालन हुनेछ।

गाउँपालिका अध्यक्ष सुर्य कुलुङको उपस्तिथितिमा सुरु भएको सिविरमा नागरिकता, राहदानी सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्मदर्तालगायत सेवा प्रदान भइरहेको शिविरमा पालिकाका ५ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरू काठमाडौँमै उपस्थित भई सेवा दिइरहेका छन्।
गाउँपालिकासम्म जानुपर्ने बाध्यता हटाएर राजधानीमै सेवा उपलब्ध गराइएका कारण सेवाग्राहीहरू अध्यक्ष सूर्य कुलुङ र पालिकाप्रति अत्यन्त खुसी देखिएका छन्। जनताको घरदैलोमै सेवा पुर्याउने अध्यक्ष कुलुङको यो पहल जनमुखी र अनुकरणीय बनेको छ।


अध्यक्ष कुलुङको दूरदृष्टि, सक्रियता र जनहितमा गरिएको यो पहलले महाकुलुङ गाउँपालिकालाई प्रविधिमैत्री, पहुँचयोग्य र नागरिकमैत्री बनाउन थप मद्दत पुर्याएको छ। सुदूर गाउँदेखि राजधानीसम्म सेवाको पहुँच विस्तार गर्दै आएका अध्यक्ष कुलुङ र उनको नेतृत्वको प्रशंसा सेवाग्राहीहरूबाट खुलेरै गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्