दुई सातादेखि बैंकिङ सेक्टरमा उत्साह, सातामा ५ अंक बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १६

काठमाण्डौँ । गत साता ७७ अंक बढेको सेयर बजार यो साता जम्मा ५ अंक बढेको छ । गत साता २६८८ अंकमा रहेको बजार यो साता २६९३ अंकमा बन्द भयो ।

अन्तिम कारोबार दिन बिहीबार गणतन्त्र दिवसका कारण सार्वजनिक विदा भएपछि यो साता ४ दिन मात्रै कारोबार भयो । पहिलो दिन आइतबार ८.५७ अंक घटेको बजार सोमबार ५.२१ घट्यो । मंगलबार ०.८५ र बुधबार १७।४४ अंक बढ्यो ।

कारोबार रकम अझै बढ्न सकेको छैन । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड, मंगलबार ६ अर्ब ५२ करोड तथा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भयो ।

दुई सातादेखि नै बजारलाई बैंकिङ सेक्टरले डोहोर्‍याइरहेको छ । गत साता ७.२२ प्रतिशत बढेको बैंकिङ यो साता १.७९ प्रतिशत बढ्यो ।

यो सेक्टरमा उत्साह देखिएसँगै बजार बढ्नका लागि बलियो आधार बनेको छ । बैंकिङ बजारको सबैभन्दा शक्तिशाली सेक्टर हो । अर्कोतर्फ धेरै बैंकको मूल्य ‘अन्डरभ्यालुड’ मा रहेकाले लगानीकर्ताको आकर्षण देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *