तपाईंको आजको राशिफल : आज मिति २०८१ साल मंसिर २० गते बिहिवार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २०

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। शैक्षिक क्षेत्रमा सम्मान बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पायक पर्ने ठाउँको भ्रमणले मन प्रसन्न रहनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्य गर्दा बनेको काममा बाधा आउनेछ। पारिवारिक सहयोग नमिल्नाले मन अशान्त रहनेछ। आज कसैलाई पनि सल्लाह दिनबाट बच्नुहोस्। व्यापार व्यवसाय वा कार्यक्षेत्रमा सीमित बोलीले कामगर्दा हजुरको लागि राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कसैप्रति गरेको ख्याल ठट्टाले विवाद जन्माउन सक्छ। कार्यक्षेत्रमा गम्भीर र तटस्थ भएर काम गर्नुहोला। व्यापार व्यवसायमा अग्रिम रोकिएका योजनाहरू सम्पादन हुनेछन्। भौतिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या देखिन सक्छ। घरपरिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् मन स्वच्छ रहनेछ। कार्यक्षेत्रमा अरुको करकापमा कुनै निर्णय नलिनुहोला। विद्यार्थी वर्गहरूलाई नयाँ कुराहरू सिक्न मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग तालमेल बन्नेछ। कार्यक्षेत्रमा हजुरको रचनात्मक वा बौद्धिक कुशलताबाट लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक कारोबार मजबुत रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठामा कमी आउनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा नगरौँ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्नेछ। व्यापारमा छोटो समयमा राम्रो लाभ मिल्नेछ। आत्मीयताले मनमा खुसी र सन्तोष बढाउनेछ। चिकित्सा वा वकालत सम्बन्धी पढाइ पढ्नेहरूलाई समय अनुकूल रहेको छ। धर्म कर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट मनग्य लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। प्राथमिकताको आधारमा काम गर्दा उत्तम हुनेछ। नोकरी वा पेशामा श्रम अलि धेरै रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा मान प्रतिष्ठा बढ्नेछ। सन्तान पक्षलाई लिएर चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रेमीहरूले आफ्नो प्रेम प्रकट गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा पराक्रम वृद्धि हुनेछ साथै कार्यको प्रशंसा हुनेछ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। नोकरि वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सल्लाह लिनुहोला। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजना बन्नेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा वादविवादको स्थिति रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन्। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *