तपाईंको आजको राशिफल : आज मिति २०८१ साल मंसिर ४ गते मंगलवार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ४

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक कारोवार सबल रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्ने छ। आफ्नो कार्यलाई लिएर इमान्दार हुनुहोला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने स्वास्थ्य राम्रो रहनेछ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ भने कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिका योग छन्। सामाजिक कार्यले लोकप्रियता बढाउनेछ। व्यापारमा पारदर्शिता राख्नुहोस्।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्म साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। सरकारी क्षेत्रमा अट्केका कार्यहरू बन्नेछन्। साझेदारी व्यापारबाट लाभ हुने योग छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुको साथै नयाँ धन आर्जनका स्रोतहरू बढ्नेछन्। जीवन साथीसँग मनमुटाव थियो भने सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भौतिक सुख सुविधामा वृद्धिको योग छ। आज व्यापार व्यवसायमा वृद्धि हुनको साथै आर्थिक पक्ष समेत सबल रहनेछ। चिकित्साको क्षेत्रमा समय अनुकूल रहेको छ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशि हुनेहरूलाई दिन सामान्य रहेको छ। व्यापारमा नयाँ निर्णय लिन र नयाँ वाहन किन्नको लागि समय उचित छैन। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। स्वास्थ्यमा मौसमी बिमारीबाट आफूलाई बचाउनुहोस्।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी या कार्यक्षेत्र होस् समय उत्तम रहेको छ। अग्रिम बनाएका योजनाहरूबाट सफलता मिल्नेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरेको प्रयासहरूको प्रतिफल नमिल्ला। जो जातक होटल व्यवसायमा हुनुहुन्छ उहाँहरूको लागि यो समय लादायक रहनेछ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा शत्रुहरू लाग्नेछन्। धन खर्चका योग छन्। जीवन साथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग बादविवादबाट बच्नुहोस्। बुद्धिविवेकले निर्णय लिँदा समस्या टर्न सक्छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्यक्षेत्रमा साथीहरूको सहयोगले रोकिएका काम शुरु हुनेछ। माताको स्वास्थ्यलाई लिएर शुभ समाचार मिल्नेछ। सकारात्मक विचारले अगाडि बढौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *