गृहमन्त्रीको बारेमा छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ८

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबिचको कनेक्सन लगायतका सवालमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ । मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ ।

गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने पनि एमालेको माग छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *