पाँच दिनसम्म प्रयास गर्दा पनि प्रधानमन्त्रीले पाँच मिनेट दिएनन् : मनिष झा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाँच दिनसम्म प्रयास गर्दा पनि नपाएको गुनासो गरेको छ ।

देशको चौंथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै नेताहरुले आपत्ति जनाए ।आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोजेको बताए ।

उनले भने, ‘हामीले पाँच मिनेट समय लिएर उहाँलाई आफ्नो पार्टीका मागहरु सुनाउन खोजेका थियौं । तर, देशको चौंथो ठूलो राजनीतिक दललाई उहाँले पाँच मिनेट पनि समय दिनुभएन । बरु विभिन्न कार्यक्रममा गएर हामीलाई खिसिट्यूरी गर्नुभयो । त्यसैले आज हामीले पत्रकार सम्मेलन नै गरेर आफ्ना मागहरु सार्वजनिक गरेका छौं ।’

झाले थपे, ‘जापानमा एक व्यक्तिले के–के बोले भन्नेसमेत सुनेर एक्सन लिन सक्ने प्रधानमन्त्रीले हाम्रो पत्रकार सम्मेलनमा बोलेका कुराहरु पक्कै सुन्नुहुने अपेक्षा छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *