मोदीभन्दा उच्च तहको सम्मान पाउँदैछन् पूर्वराजा ज्ञानेन्द्र, भारतमा कोसँग हुँदैछ गोप्य वार्ता?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २६

काठमाडौं– विश्वमा नै हिन्दूत्वको नेतृत्व गरेको भनी व्यापक चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा पनि विशिष्ट सम्मानसहित पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारको कुम्भमेलामा स्नान गर्ने भएका छन्।

विश्वका एक मात्र हिन्दू नरेशका रुपमा उनलाई आयोजकले यस्तो सम्मान दिएको हो। यो सम्मानसहितको स्नानका लागि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल शाहसहित विहीबार हिन्दूस्तान भ्रमणमा निस्कँदैछन्।

आयोजकले पूर्वराजालाई ‘श्री ५’कै सम्मान दिएको छ। यति मात्र नभएर भारतीय प्रधानमन्त्री मोदी अगाडि नै पूर्वराजा ज्ञानेन्द्रले कुम्भ स्नान गर्ने व्यवस्था मिलाइएको छ।

‘विश्वका हिन्दूको प्रतिष्ठा र नेतृत्वका लागि पूर्वराजा मात्र रहेको भन्ने ठम्याइका आधारमा मोदी भन्दा पनि महत्वका साथ प्रमुख अतिथि बनाइएको हो’, स्रोतले भन्यो,‘भारतीय संस्थापन, धार्मिक संघ संस्थाले यो सम्मान दिँदै आएको छ।’

यसैबीच भारत बसाईका क्रममा पूर्वराजा र त्यहाँका प्रधानमन्त्री मोदीबीच भेट हुने या नहुने भन्नेबारे केही खुलाइएको छैन। तथापी भाजपाका उच्च तहका नेता, धार्मिक नेता र मोदीका खास व्यक्तिले पूर्वराजासँग कुराकानी गर्ने बताइएको छ।

उच्च स्रोतको दाबी अनुसार महाराष्ट्रका राज्यपाल तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीले पूर्वराजासँग गोप्य वार्ता गर्ने तय भएको छ।

नेपाल भारत प्रबुद्ध समूहका लागि त्यहाँको नेतृत्व समेत गरिसकेका कोसियारी मोदीका खास विश्वासपात्र मानिन्छन्। उनै कोसियारीले नेपालको व्यवस्था, राजनीतिक अवस्थालगायतका विषयमा पूर्वराजासँग कुराकानी गर्ने बताइएको छ।

निर्मल निवासले भारत भ्रमण, त्यहाँको धार्मिक अनुष्ठान र धार्मिक अगुवासँग भेट हुने विषयलाई पुष्टि गरे पनि राजनीतिक विषयलाई भने कुनै उल्लेख गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *