जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्छ: उपप्रधानमन्त्री सिंह

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ७

काठमाडौं : उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन्। सहिद स्मृति प्रतिष्ठानले साेमबार गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक गाेष्ठीमा बाेल्दै सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए।

‘जनताकाे माग र समयकाे आवश्यकताअनुसार संविधान संशाेधन गर्न सकिन्छ। देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ,´ उनले भने। उनले तीनै तहका सरकारले काम गर्नुपर्ने पनि बताए।

वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग सञ्चालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने दाबी पनि उनले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *