त्रिशुली नदीमा बेपत्ता बसमा धेरै संख्यामा भारतीय नागरिक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौं : काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गर्दा पहिरोमा परेर त्रिशुली नदीमा बेपता भएको गणपति डिलक्स र वीरगञजबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स बसमा टिकट काटेका २८ जना यात्रु र चालक तथा सहचालकको नाम सार्वजनिक भएको छ ।

बागमती प्रदेश ०३ -० ०१ ख २४९५ नम्बरको बसमा सवार ३१ जनामध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविनबाट हामफालेर ज्यान जोगाएका थिए ।

हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा गणपति डिलक्स बसमा ३१ जना यात्रु मध्ये १४ जनाको नामबाट टिकट काटिएको देखिएको छ। काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजीको नामले टिकट काटिएको छ।

यस्तै एन्जल डिलक्स बसमा प्रकाश पटेल, अन्सारी मोहम्मद, अर्विन्द दुबे, सन्तोष ठाकुर, सुरेन्द्र साह, भाविद मिया, हरेन्द्र पण्डित, सुनिल साह, प्रमानन्द पण्डित, शाहनवाज, विद्यानन्द नारायण राउत, सलिम मिया, सैफुल आलम, सुजित जी नामबाट टिकट काटिएको छ ।

आज बिहान साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

एन्जल डिलक्समा टिकट काटेकाहरूमध्ये ६ जनाको ठेगाना भारत लेखिएको छ । उनीहरूको साथमा उनीहरूका आफन्तहरू पनि भएको आशंका गरिएको छ । उनीहरूका आफन्तहरू समेत गर्दा बेपत्ता यात्रुमध्ये ठूलो संख्यामा भारतीय हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै गणपति डिलक्सका चालकको नाम जवाहिर महतो र सहचालकको नाम राजकुमार लामिछाने केसी लेखिएको छ । एन्जल डिलक्सका चालकको नाम किशोर कुमार चौधरी र सहचालकको नाम ऋषि दाई लेखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *