‘अत्तिएर तल झर्ने बेला सास अडिकएको जस्तै भयो’ : हाम फालेर ज्यान जोगाएका यात्रु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौं : काठमाडौबाट रौतहटको गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उनीहरू अहिले चितवनमै छन् ।

रौतहटको देवाहीगोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक यात्रुले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएको भिडियो रौतहटका एक युवकले समाजिक सञ्जालमा पोस्ट गरेका छन् । सँगै बसेका दुई यात्रुले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुले भनेका छन्,‘अत्तिएर तल झर्ने बेला सास अडिकएको जस्तै भयो ।’

शुक्रबार बिहान करिब साढे तीन बजे काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको थियो । काठमाडौको कलंकीबाट २३ र जोरपाटीबाट ५ जना गरी २८ जना यात्रु बोकेर बस रौतहट आएको थियो । डिलक्स बसका काठमाडौंका इन्चार्ज दीपु सिंहले २७ जना काउन्टरबाट र कन्डक्टर ऋषि सिंहले एक जना आफ्नो मानिस चढाएको बताए ।

उक्त बससँगै वीरगन्जबाट काठमाडौं गइरहेको बस पनि पहिरोले बगाएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उक्त बसमा २४ जना यात्रु रहेको खबर प्राप्त भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने उक्त बसमा ४१ जना यात्रु रहेको भन्ने जानकारी प्राप्त भए पनि पुष्टि नभएको बताएका छन् । इन्चार्ज सिंहका अनुसार बसमा रौतहट घर भएका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंह छन् । यद्यपि बीचबाटोबाट कति यात्रु चढेका थिए भन्ने भने केही जानकारी छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *