रास्वपाले खोल्यो राजदूतका लागि आवेदन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूतका लागि आवेदन आह्वान गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जाल ट्विटमा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका हुन्।

सो मापदण्ड अनुसार उपयुक्त उम्मेदवारले २०८१ असार १४ गतेसम्मआवेदन दिन सक्नेछन्। आवेदन अनुसार आगामी दिनका लागी पनि रोष्टर तयार पारिने लामिछानेले बताएका छन्।

त्यसका लागि रास्वपा अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको पनि उनले बताएका छन्। सो कार्यदलले ‘राजदुत सिफारिस मापदण्ड २०८१’ तयार पारेको पनि उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *