आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ १५

काठमाडौँ- सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ। अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन्।

यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे बस्नेछ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ।

आगामी बजेटमा कर्मचारीको तलब वृद्धिमा भने सरकारले खासै चासो दिएको छैन।

उनले १८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको जानकारी समेत दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *