राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

वनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

समारोहमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ठ अतिथिहरुको सहभागिता थियो ।

यसअघि पौडेलले पार्टीका सम्पूर्ण जिम्मेवारी तथा सदस्यबाट र आज मात्र संविधानको धारा ६२-६ बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *