धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, राष्ट्रपतिबारे निर्णय लिने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २४

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ।

आज दिउँसो १ बजेदेखि बैठक जारी छ।

बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राप्रपाले राष्ट्रपति निर्वाचनमा के गर्ने निर्णय लिन बैठक गरेको हो।

राष्ट्रपति निर्वाचनमा मतदान गर्नुपर्ने, मतदान गर्न नहुनेजस्ता तर्क राप्रपाभित्र छन्। नेताहरूका धारणा लिएर सर्वसम्मत रूपमा निर्णयमा पुगिने राप्रपाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *