भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

घरेलु टोलीले जितको लागि दिएको ७६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ट्रर्विस हेड ४६ रनको अविजित पारी खेले त्यस्तै मार्नस लाबुसेन २८ रनमा अविजित रहँदा उस्मान खवाजाले रन जोड्न सकेनन् ।

भारत दोस्रो इनिङ्समा १६३ रन बनाएर अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछि परेको थियो । अष्ट्रेलिया पहिलो इनिङमा १९७ रनमा अल आउट भएको थियो । यसअघि इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १०९ रनमा अल आउट भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *