एजेन्सी– म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती झन् बढ्दै गएको छ । अभियन्ताहरुका अनुसार आइतबार प्रदर्शनकारीमाथि सुरक्षा फौजको ज्यादतीका कारण ३८ जनाको ज्यान गएको छ ।
गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शासन हातमा लिएपछि भएको प्रदर्शनको क्रममा आइतबार सबैभन्दा धेरैको ज्यान गएको अभियन्ताले बताएका छन् ।
म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा भएको प्रदर्शनमा सुरक्षाफौजले गोली चलाएको हो । प्रदर्शनकारीले पनि लौरी र चक्कुको प्रयोग गरेका छन् । चिनियाँ व्यवसायमा आक्रमण भएपछि सेनाले मार्सल ल लागु गरेको थियो । चीनले सैनिक शासकलाई साथ दिएको भन्दै प्रदर्शनकारीले चिनियाँ व्यवसायमाथि आक्रमण गरेका हुन् ।
सेनाले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ साङ सूकीसहितका निर्वाचित नेतालाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको हो ।
आइतबार याङ्गुनमा मात्र कम्तीमा २१ जनाको ज्यान गएको हो । थप १७ जनाको देशका अरु क्षेत्रमा ज्यान गएको बताइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्