पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २३

२५ रूपैयाँले बढ्यो ग्यासको भाउ

२३ चैत, काठमाण्डौ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँले भाउ बढाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। 

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। 

यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *