युक्रेन-रूस युद्धको दशौं दिन आज : के के भयो ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २१

आज युक्रेन-रूस युद्धको दशौं दिन हो। पछिल्लो २४ घण्टामा के के भयो थाहा पाउनुहोस्:
-ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् । उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोभोडिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनाशलाई अनुमोदन गरेको बताएका छन् । युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई युक्रेन विरुद्ध रूसको आक्रमकता बढ्ने बताएका छन् ।

रुसले फेसबुकमाथि प्रतिबन्ध लगाउनुका साथै ट्वीटर र युट्युबमा रोक लगाएको छ । फेसबुकले धेरै रुसी मिडिया आउटलेटहरुमा प्रतिबन्ध लगाएपछि यो कारबाही गरिएको रुसले बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्यसम्बन्धी झुटो समाचार प्रसारण गरेको आरोपमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने नयाँ कानूनमा हस्ताक्षर गरेका छन्।

-युक्रेनको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा नवौं दिनमा दिनभरि भीषण भिडन्त भयो । राजधानी कीभमा रुसको नयाँ मिसाइल आक्रमण भएको छ भने शहरभरि विष्फोटको आवाज सुनिएको छ । साथै, रूसी घेराबन्दीमा रहेको दक्षिणपूर्वी तटीय शहर मारियुटोलमा पनि बम विस्फोट जारी छ। उत्तरपूर्वी शहरहरू खारकीभ र चर्निहिभमा समेत बम विस्फोटनको क्रम जारी छ।

-बिहीबार राति युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्रमा रुसको आक्रमणको आलोचना गर्दै अमेरिकाले विश्व ठूलो त्रासदीबाट बचेको जनाएको छ। अन्तर्राष्ट्रिय अनुगमन टोलीले आणविक संयन्त्रमा कुनै विकिरण नभएको र सो संयन्त्र सुरक्षित रहेको बताएको थियो । युक्रेनबाट थुप्रै मानिसहरू भागिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *