सोमबार नेप्से १५ अंकले बढ्यो : ५ अर्ब माथी कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २४

सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ।  आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।  १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *