आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ ।  पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा मौसम बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमको तराईमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

राति पनि यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *