शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौँ । टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ ।

गत वैशाख ११ गतेदेखि हराएकी महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारी बजार जान्छु भन्दै वैशाख ११ गते घरबाट निस्केकी थिइन् ।

उनी बेलुकासम्म घर नफर्केपछि आफन्तले वैशाख १२ गते प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो ।

तिवारीसँग अर्को एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले सोमबार ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । सोमबार प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

नियन्त्रणमा लिएका डंगोलले नै शिवपुरीको जंगलमा हत्या गरेर फालेको बताएका थिए । त्यसपछि डंगोललाई लिएर प्रहरी जंगल पुग्दा सड्न थालेको अवस्थामा महिलाको शव भेटिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *