काठमाण्डौँ । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।
सामूहिक आक्रमणबाट वडा ५ टीकुलिया गाउँका महेश महेश तिवारीका छोरीहरू वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनको श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएको महेश तिवारीका भतिज राजेश तिवारीले बताएका छन् । अनतियाको टाउकोमा गहिरो खत लागेको, सुस्मिता र अस्मिताको जिउभरि चोटपटक लागेको तिवारीले बताएका छन् ।
घटना लगतै घाइतेहरू लाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बारा कलैया स्थित ए प्लस अस्पतालमा लगिएको थियो । घाइतेहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको तथा अवस्था सामान्य हुँदै गएको चिकित्सकले बताएका छन् ।
घटनामा संलग्न स्थानीय शङ्कर राय यादवका छोरा वर्ष ४० का शम्भु राय यादव पक्राउ परेको तथा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताएका छन् ।
घटना विवरण अनुसार महेश तिवारीको तोरीको खेतमा शङ्कर रायको घरका महिलाहरूले अस्ति आइतबार घाँस काटेका थिए । पाकेर काट्ने समयमा तोरीमा घाँस काट्दा क्षति पुगेको भन्दै महेश तिवारीको छोरी अस्मिताले सोमवार साँझ शङ्कर रायलाई गुनासो गर्दा भएको भनाभनमा विवाद भएको थियो ।
विवाद भएपछि शङ्कर राय यादव, छोरा शम्भु यादव र उनको घरका महिलाहरू समेत तिवारीको घरभित्र पसेर दुवै छोरीहरूलाई फलामको रड लगायत प्रयोग गरी कुटपिट गरेको थियो । कुटाई छुटाउन गाएकी छिमेकी अनातिया बिन माथि पनि गम्भीर कुटपिट भएको पीडितले बताएका छन् ।
घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्