काठमाण्डौँ । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाईको धन्दा चलाउने युवक कारागार चलान भएका छन् ।
युवती सप्लाई गरेको आरोपमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बूढानलीकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की कारागार चलान भएका हुन् । उनलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं जिल्ला अदालका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
उनले आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र मोटो रकम असुल्ने प्रहरीले बताएको थियो ।
कार्कीलाई मंसिर २० गते वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट मुद्दा चलाइएको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्