सिराहामा डाँका समूहको गोली प्रहारबाट २ जना गम्भीर घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।

सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।

दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *