|
२०८२ कार्तिक ४
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित सुकुम्वासी बस्तीमा प्रहरीले ७ राउन्ड गोली फेला पारेको छ।
बेवारिसे अवस्थामा भेटिएको गोलीमध्ये थ्रिनट थ्रि राइफलका ५ राउन्ड र एसएलआरका २ राउन्ड छन्।
जिल्ला प्रहरीका अनुसार यी गोलीहरू जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले लुटेको हुन सक्ने आशंका छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्