|
२०८२ आश्विन १८
काठमाडौं — डोटीमा ट्राफिक प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्।
शिखर नगरपालिका–८ तिलताली निवासी बलायर गोपघाटस्थित सडक छेउमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत बलायर दसैं मनाउन गत ७ असोजमा बिदामा घर आएका थिए। उनको टाउकोमा चोट देखिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।
घटनास्थल सिल गरी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्