|
२०८२ कार्तिक १८
काठमाण्डौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा मौसम बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमको तराईमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ।
राति पनि यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्