कस्तो रहनेछ आजको मौसम ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *