डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २४, २०८२

काठमाडौँ । डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ।

विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।

यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेको पाइएको छ । उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद र छापको समेत प्रयोग गर्ने गरेका थिए ।

अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब(डिलर र इन्टरनेट सेवामा काम गरेको खुलेको छ। सोही समयमा उनले बनाएका पुराना ग्राहकहरूको विवरण प्रयोग गरी यो ठगी धन्दा चलाएको प्रहरीको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *