जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चारजना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चारजना व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय सुनील थापा छन् । उनी लागुऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेका थिए ।

उनीसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थलीका ३३ वर्षीय आशिष पाण्डे, इमाडोलका २१ वर्षिया राशि गौतम र काठमाडौं नक्सालका २१ वर्षीय युनिक पोखरेल पनि पक्राउ परेका छन् ।

चारैजनालाईसशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *