नागरिकलाई आत्मनिर्भर बनाउँन सीप सिकाउँदैछौ– पालिका अध्यक्ष असिम राई
रैथाने सीप र संस्कृतिको संरक्षणलाई आयआर्जनमा जोडिदैछ- पालिका अध्यक्ष असिम राई
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले नागरिकलाई आत्मनिर्भर बनाउँनको लागि सीप सिकाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँनुभो । सात दिनदेखी जारी फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिमको शुक्रबार समापन गर्दै पालिका अध्यक्ष राईले स्थानीयलाई सीप सिकाएर रोजगारीमा जोड्ने कार्यलाई पालिकाले जोड दिएको बताउँनुभएको हो ।
सीप सिकेपछी मात्रै मानिस आत्मनिर्भरको बाटोमा लाग्ने भन्दै अध्यक्ष राईले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न पनि आग्रह गर्नुभयो । रैथाने सीप र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन संगै तालिममा सहभागीलाई व्यवसायमा जोड्नको लागि दुई लाखको बीउ पुँजीको व्यवस्था गर्ने भन्दै उहाँले उत्पादित बस्तुको बजारीकरणको जिम्मेवारी समेत लिने बताउँनुभयो ।
आफ्नो पहिलो कार्यकालमा भौतिक पुर्वधार निर्माणमा बढी जोडदिनुपर्ने आवश्यकता भएकाले सोही अनुसार कार्य गरेके भन्दै अध्यक्ष राईले अब आर्थिक र सामाजिक विकासलाई प्राथमिकतामा राखेको पनि बताउँनुभयो ।
तालिममा सहभागी शान्तीदेवी राईले गाउँपालिकाको कुशल नेतृत्वका कारण आफुहरुले विभिन्न जीवन उपयोगी सीप सिक्न पाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सीकेको सीपलाई व्यवहारमा प्रयोग गरेर पालिकाले लिएको नीति सफल बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागीले स्थानीय सरकारलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको माग गरेका थिए ।
गाउँपालिकाले यस अघिनै अतिथि सत्कारमा प्रयोग हुने खाता प्रतिस्थापन गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयको लागि यो तालिम कोशेढुङ्गा सावित हुने पालिकाले विश्वास लिएको छ । तालिममा पालिका भित्रका ४० जनाको सहभागीता रहेको छ । गाउँपालिका केन्द्र मुक्लीमा संचालित उक्त तालिमको सहजीकरण अरुणादेवी राई, कल्पना राई र गृष्मा राईले गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो |
फेसबुकबाट तपाईको प्रतिक्रिया