काठमाण्डौँ । फिफाले सन् २०२६ को विश्वकप फाइनलमा पहिलो पटक ‘सुपर बाउल’ शैलीको भव्य ‘हाफटाइम शो’ आयोजना गर्ने घोषणा गरेको छ।
१९ जुलाईमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा म्याडोना, शकिरा र के–पप ब्यान्ड बीटीएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन्। फिफाका अनुसार यो विशेष सांगीतिक कार्यक्रम ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’ लाई सहयोग गर्न आयोजना गर्न लागिएको हो ।
उक्त अभियानमार्फत बालबालिकाको शिक्षा र फुटबल पहुँच विस्तारका लागि १० करोड डलर संकलन गर्ने लक्ष्य राखिएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलकुदको सबैभन्दा ठूलो मञ्चमा संगीत र फुटबललाई एकसाथ ल्याएर विशेष उद्देश्य पूरा गर्न लागिएको बताएका छन् ।
उनले इन्स्टाग्राममार्फत ‘हरेक बालबालिकाले सपना देख्ने अवसर पाउनुपर्छ र हामी सबै मिलेर त्यो सम्भव बनाउन सक्छौं’ भन्ने सन्देश दिएका छन् । यो हाफटाइम शोको संयोजन चर्चित ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले गर्नेछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्