अल–नासर अन्तिम क्षणमा साउदी प्रो लिगको उपाधि जित्नबाट बञ्चित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । साउदी प्रो लिगको उपाधि जित्ने अवसरबाट अल–नासर अन्तिम क्षणमा बञ्चित भएको छ।

मंगलबार भएको खेलमा अल– हिलालसँग १–१ को बराबरी खेलेको हो। अल–नासरका गोलरक्षक बेन्टोले इन्जुरी समयको ९८औं मिनेटमा आत्मघाती गोल गरेपछि टोलीको उपाधि जित्ने सम्भावना तत्कालका लागि टरेको हो ।

सन् २०१८–२०१९ पछि पहिलो पटक लिग उपाधिनजिक पुगेको अल–नासर जितबाट केही सेकेन्ड मात्र टाढा थियो । तर, अल– हिलालको लामो थ्रो–इन क्लिअर गर्न नसक्दा ब्राजिली गोलरक्षक बेन्टोको गल्तीबाट बल आफ्नै पोस्टमा छिरेको थियो ।

एक खेल बाँकी रहँदा अल–नासर ३३ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अल– हिलालसँग ७८ अंक छ र उसले अझै एक खेल खेल्न बाँकी छ।

अल–नासरले मे २१ मा हुने अन्तिम खेलमा दमाकलाई हराए उपाधि पक्का गर्नेछ। यद्यपि, शनिबार अल– हिलाल नेओमसँग पराजित भएमा पनि अल–नासर च्याम्पियन बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *