काठमाण्डौमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । अर्को महिना काठमाण्डौमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिता आउँदो जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

काभा महिला भलिबल च्याम्पियनशिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी ८ वटा देश सहभागी हुनेछन् ।

प्रतियोगिताको बजेट २ करोड ५० लाख रुपैयाँ रहेको नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । यसमा सरकारले १ करोड र काठमाण्डौ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *