नेपालले लिग २ का शीर्ष दुई टोलीसँग महत्त्वपूर्ण शृंङ्खला खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाडौँ । नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेल्यो । ओमान र यूएईसँगको उक्त शृंङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको छ ।

नेपालले घरेलु मैदानमै फेरि अर्को शृंङ्खला खेल्दै छ । यसपटक भने नेपालले तुलनात्मक रूपमा बलिया टोलीसँग खेल्दै छ । लिग २ को अंकतालिकामा शीर्ष २ मा रहेका दुई टोली अमेरिका र स्कटल्यान्डसँग नेपालले महत्त्वपूर्ण शृंङ्खला खेल्दै छ ।

यसबीचमा नेपाल ए टोलीले भने अमेरिका र स्कटल्यान्डसँग अभ्यास एकदिवसीय खेल खेलेको छ । ए टोलीले दुवै टोलीलाई हराइसकेको पनि छ । यस्तै नेपाल ए टोलीबाट खेलेका इशान पान्डे सिनियर टोलीमा पनि परिसकेका छन् ।

लिग २ को अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले बलियो अवस्थामा रहेका दुई टोली अमेरिका र स्कटल्यान्डमाथि जित निकाल्न सके सुनमा सुगन्धजस्तै हुनेछ । नेपालले महत्त्वूर्ण अंक हासिल गर्नेछ भने माथि रहेका टोलीलाई हराउँदा शीर्ष ४ को सम्भावना पनि बढ्न सक्छ ।

अर्कोतर्फ, नेपाल ए ले एसोसियटका यी बलिया टोलीलाई हराउँदा सिनियर टोलीमाथि पनि केही दबाब बढ्नेछ । अब खेलाडीहरूले दबाबमा रूपमा लिन्छन् वा प्रेरणाका रूपमा लिन्छन् त्यो भने हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *