लोकेश बमले पनि बेल्जियममा क्रिकेट खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । नेपालका आक्रमक ब्याटर लोकेश बमले बेल्जियममा हुने इयु ट्वान्टी २० लिग खेल्ने भएका छन् ।

लोकेशलाई इयु ट्वान्टी बेल्जियम लिगको टोली एन्टवर्प एङ्कर्सले टोलीमा अनुबन्ध गराएको हो ।

एङ्कर्सको टोलीमा नेपालका विकेट किपर ब्याटर आसिफ शेख पनि अनुबन्ध भएका छन् । गत मार्चमा भएको खेलाडी ड्राफ्टबाट टोलीमा आन्द्रे रसल, रुवेन ट्रपलम्यान, आयान खान तथा मार्क वाट लगायतका खेलाडी रहेका छन् ।

पहिलो पटक आयोजना हुन लागेको लिग आगामी जुन ६ देखि १४ जुन सम्म आयोजना हुदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *