नेयमारले प्रशिक्षणका क्रममा भएको विवादबारे मागे माफी , विश्वकप पुनरागमनमाथि प्रश्न उठ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । नेयमारले आफ्नो क्लब सान्तोसका साथी रोबिन्हो जुनियरसँग प्रशिक्षणका क्रममा भएको विवादप्रति माफी मागेका छन् ।

यो घटनाले उनको ब्राजिल टोलीमा पुनरागमन तथा विश्वकप खेल्ने सम्भावनामाथि थप असर पार्न सक्ने अनुमान गरिएको छ।

१८ वर्षीय रोबिन्होले यस हप्ता प्रशिक्षणका क्रममा ३४ वर्षीय नेयमारले आफूलाई थप्पड हानेको आरोप लगाएका थिए । मंगलबार राति नेयमारले कोपा सुदामेरिकाना अन्तर्गत पाराग्वेको डेपोर्टिभो रेकोलेटाविरुद्ध १–१ को बराबरीमा गोल गरे।

तर, खेलभन्दा बढी चर्चा प्रशिक्षण मैदानमा भएको झगडाबारे उनको प्रतिक्रियालाई लिएर भयो । नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीबाट ७९ गोल गरेका छन् । उनले अक्टोबर २०२३ मा एसीएल चोट बोकेपछि ब्राजिलबाट कुनै खेल खेलेका छैनन् ।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले १८ मेमा विश्वकप टोली घोषणा गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *