|
२०८३ बैशाख २४
काठमाडौँ । नेपाल ‘ए’ र स्कटल्यान्डबीचको एकदिवसीय सिरिज वर्षाका कारण प्रभावित भएको छ।
मूलपानी क्रिकेट मैदानमा नेपालले पहिला ब्याटिङ थालेको थियो। ३७ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर १६३ रन बनाएको छ।
तर, वर्षा सुरु भएपछि खेल यतिकैमा रोकिएको छ । नेपालका मयन यादव ४५ रन बनाएर आउट भइसकेका छन् ।
उनले ८६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान अनिलकुमार साहसँग पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।
अनिलले ३८ बलमा २ चौकासहित १८ रन बनाए। अहिले देव खनाल ४९ रनसहित अविजित छन् । उनले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका छन्।
सन्दीप जोरा ३४ रनमा आउट हुँदा सिनियर टोलीबाट ‘ड्रप’ भएका कुशल मल्ल २ रनमा खेलिरहेका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्