शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ आज हैदराबाद र पञ्जाब भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । भारतमा भइरहेको १९औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ सनराइजर्स हैदराबाद र पञ्जाब किंग्स भिड्दै छन् ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट रंगशालामा खेल बेलुका ७ः४५ बाट सुरु हुदैछ । यस खेलको विजेता टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्ने भएकोले दुवैका लागि यो खेल महत्वपुर्ण रहेको छ ।

पञ्जाबले सुरुवाती ७ खेलमा अपराजित रहेर सानदार सुरुवात गरेकोमा पछिल्ला २ खेलमा पराजित भएको छ । हैदराबादले भने लगातार ५ खेलमा जित निकाल्दै पछिल्लो खेलमा पराजित भएको थियो ।

यस संस्करणमा भएको पहिलो भेटमा पञ्जाबले हैदराबादलाई पराजित गरेको थियो । पञ्जाबको घरेलु मैदान मुल्नापुरमा भएको खेलमा हैदराबाद ६ विकेटले पराजित भएको थियो ।

आइपिएल इतिहासमा हालसम्म यि दुई टोली २५ पटक आमने सामने भएका छन् । जसमा १७ पटक हैदराबाद र ८ पटक पञ्जाब विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *