आज बेलुका युनाइटेड र लिभरपुलबीचको महाभिडन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाण्डौँ । युरोपियन प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका कारण यसपाली इङ्लिस प्रिमियर लिगबाट पाँच क्लब युइएफए च्याम्पियन्स लिगमा छनोट हुँदैछन् । यस्तोमा अब च्याम्पियन्स लिगको दौड औपचारिकतामा मात्र सीमित भएको छ ।

म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाइसकेको छ । लिभरपुल र एस्टन भिल्लालाई बढीमा तीन अंक आवश्यक छ । किनभने छैटौं स्थानको ब्रेन्टफर्डले ३५ खेलमा ५१ अंक जोडेको छ । चौथो र पाँचौं स्थानमा रहेका लिभरपुल र एस्टन भिल्लाले ३४ खेलमा समान ५८ अंक जोडेको छ । यसको मतलब ६१ अंकले उनीहरु ‘सेफ साइड’मा बस्नेछन् । युनाइटेड हाल ६१ अंक जोड्दै तेस्रो स्थानमा छ ।

आइतबार लिगमा युनाइटेडले आफ्नो पूरानो प्रतिद्धन्द्धी लिभरपुलको आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिगको समीकरणले खेलमा विगतका दिन जस्तो तीव्रता नहुन सक्छ । यद्यपि लिभरपुल युनाइटेडलाई उछिन्दै तेस्रो स्थानमा रहेर लिग टुंग्याउन चाहन्छ । उता लिभरपुललाई हराए युनाइटेडले तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाउनेछ ।

खेल नेपाली समय अनुसार राति ८ः१५ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *