आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १७

काठमाडौँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार अपराहन्न पौने ५ बजे सुरु हुनेछ। ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ।

नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो ।

भानुआटु भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ। भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो ।

रुवाण्डा क्रिकेट संघले आयोजना गरेको पहिलो आईसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि सुरु भएको र मे २ सम्म चल्नेछ।

यस प्रतियोगितामा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *