काठमाण्डौँ । मेची रङ्गशालामा सोमबार सम्पन्न प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता आर्मीले पाँच लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ । एपीएफको जितमा निर्णायक गोल रश्मीकुमारी घिसिङले गरिन् ।
खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले दिएको पासलाई घिसिङले हेडमार्फत जाली चुमाएकी थिइन् । खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफकी सरू लिम्बु घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी रेनुका नगरकोटी घोषित भइन् । उनले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्