धादिङमा सम्पन्न जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गल्छी गाउँपालिकालाई

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । धादिङमा सम्पन्न जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गल्छी गाउँपालिकाले जितेको छ।

फाइनलमा गल्छीले धुनीबेसी नगरपालिकालाई ७ विकेटले हरायो। पहिले ब्याटिङ गरेको धुनीबेसी १०६ रनमै अलआउट भयो, जसमा कौशल रुपाखेतीले ३० र अमृत थापाले २८ रन बनाए। गल्छीका रामहरी सापकोटाले ३ विकेट लिए ।

जवाफमा गल्छीले १४।२ ओभरमा लक्ष्य पूरा गर्दै उपाधि हात पार्‍यो । अंशराज गुप्ताले अविजित ३४ रन बनाए भने सन्देश नेपालले ३३ रन योगदान दिए। विजेताले ५५ हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अञ्जल सिलवाल उत्कृष्ट खेलाडी तथा दिपेश सेडाई उत्कृष्ट बलर घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *