२६ महिना पछि टियुमा ओडिआई खेल हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । त्रिभुवन विश्वविद्याल (टियु) क्रिकेट मैदानमा २६ महिना पछि एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल हुँदैछ ।

शनिबार विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला अन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल र युएईबीचको खेल ठ्याक्कै २६ महिना हुन लागेको पहिलो ओडिआई खेल हो ।

टियुमा २६ महिना अघि अर्थात २५ फेब्रुअरी २०२४ मा नेपाल र नेदरल्याण्ड्सबीच अन्तिम ओडिआई खेल भएको थियो । विश्वकप लिग २ अन्तर्गतको पहिलो शृङ्खलाको अन्तिम खेलका रुपमा नेपाल र नेदरल्याण्ड्स खेलेका थिए ।

नेदरल्याण्ड्ससँगको सो खेल नेपालले ८ विकेटले गुमाएको थियो । उक्त शृङ्खलामा नेपाल र नेदरल्याण्ड्सको अलावा नामिबियाको पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *