टी-२० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले इटलीसँग पहिलो पटक खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाडौं । रुवाण्डामा भइरहेको आइसिसी महिला ट्वान्टी २० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दैछ ।

रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट स्टेडियम ओभलमा नेपालले पहिलो पटक खेल्न लागेको इटलीसँगको खेल आइतबार दिउँसो ४ः४५ मा सुरु हुदैछ ।

नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोलीका बीच पहिलो पटक कुनै पनि खेल हुन लागेको हो । पुरुष टोलीले केही महिना अघि सम्पन्न ट्वान्टी २० विश्वकपमा एक अर्काको सामना गरेकामा महिला टोली भने पहिलो पटक खेल्दैछन् ।

दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित हुँदा इटलीले भने जित हात पारेको थियो । खराब ब्याटिङ तथा फिल्डिङका कारण नेपालले अमेरिकासँग ४४ रनको फराकिलो हार बेहोर्दा इटलीले भने घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

नेपाल पहिलो भेटमा नै इटलीलाई पराजित गरि अमेरिकासँगको त्यो हार भुल्न चाहन्छ । उता, इटली नेपाललाई हराउँदै जितको लयलाई निरन्तरता दिन चाहन्छ । प्रतियोगितामा नेपाल र इटलीका अलावा घरेलु टोली रुवाण्डा, भानुआटु र अमेरिका सहभागी रहेका छन् ।

एसोसिएट देशको महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सुरुवात गरेको प्रतियोगिताको यो पहिलो संस्करण हो । प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने र लिगको सबै खेल पश्चात शीर्ष स्थानमा रहने देश विजेता बन्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *