आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाण्डौँ । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको छ ।

रुवान्डामा हिजो भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो । नेपालका ओपनर विन्दु रावल र कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ३६ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

हिजोदेखि शुरू भएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *