आईपीएलमा आज मुम्बई इन्डियन्सले पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा बिहीबार मुम्बई इन्डियन्सले पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस सिजन यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

अघिल्लो सिजनमा यी दुई टोली दुई पटक भिडेका थिए। दुवै खेलमा पञ्जाबले जित निकालेको थियो । पञ्जाब यस सिजन चारमध्ये तीन खेल जितेर दोस्रो स्थानमा छ ।

यो खेलमा जित हासिल गरे शीर्षस्थानमा पुग्ने अवसर छ। पञ्जाबको कोलकाताविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । अर्कोतर्फ मुम्बईले चारमध्ये एक खेल जितेको छ ।


मुम्बई र पञ्जाबबीच आईपीएलमा प्रतिस्पर्धा निकै देखिएको छ । हालसम्म दुवै टोलीबीच कुल ३४ खेल भएका छन्, जसमा मुम्बईले १७ र पञ्जाबले १६ खेल जितेका छन् ।

एक खेल बराबरी भएको थियो । यस खेललाई सुपर ओभरमा पञ्जाबले जितेको थियो। वानखेडे स्टेडियममा भने दुवै टोली १० पटक भिडेका छन् । त्यहाँ दुवैले ५–५ खेल जितेका छन् ।


मुम्बईका रोहित शर्मा र शार्दूल ठाकुरले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । रोहित शर्माले ४ खेलमा १३७ रन बनाएका छन्, जसमा एक अर्धशतक समावेश छ । उनको स्ट्राइक रेट १६५.०६ रहेको छ । बलिङतर्फ शार्दूल ठाकुरले चार खेलमा ५ विकेट लिएका छन् ।

पञ्जाबका श्रेयस अय्यर सबैभन्दा भरपर्दा ब्याट्सम्यान सावित भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *